TodayPati

पहिलो क्वालिफायर खेलमा जनकपुर पराजित

टुडेपाटी–
काठमाडौँ, पुस २४ गते ।

नेपाल टी–२० लिनको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्स लुम्बिनी अल स्टार्ससँग पराजित भएको छ ।

आइतबारको खेलमा लुम्बिनी जितेसँगै नेपाल ट–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

Sponsored

आइतबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले जनकपुरलाई ६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

आज हारको सामना गरेको जकपुरले अब फाइनल प्रवेशको लागि दोस्रो मौका पाउने छ। उसले काठमाडौँ नाइट्स र विराटनगर किंग्सबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ।

लो स्कोरिङ खेलमा पहिले ब्याटिङ गर्दै लुम्बिनीले जितका लागि जनकपुरलाई १ सय ४४ रनको स्कोर प्रस्तुत गरको थियो। जवाफमा जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाउन सक्यो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *