TodayPati

मधेश प्रदेश : जाडो छल्न बालिएको आगोमा जलेर एकजना घाइते

टुडेपाटी–
जनकपुरधाम, पुस २४ गते ।

सर्लाहीमा जाडो छल्न बालिएको आगोमा जलेर एकजना घाइते भएका छन् ।

शनिबार साँझ सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासी बस्ने बिरेन्द्र रायको श्रीमती ३५ वर्षीया कुमरिया देवी राय घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

आगो ताप्न बालिएको घुरमा आगो ताप्ने क्रममा रायले लगाएको साडीमा अचानक आगो सल्किन गई पेट भन्दा मुनि शरिरको सम्पुर्ण भाग पोली घाईते भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

आगोमा जली घाइते भएकी रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *