TodayPati

मधेश प्रदेश : शिक्षिकाले पानीको ठाउँमा विद्यार्थीलाई स्प्रिट खान दिएपछि मृत्यु

टुडेपाटी–
जनकपुरधाम, पुस २४ गते ।

सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

Sponsored

शुक्रबार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।

Sponsored

आज बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग उनीहरु अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा समेत गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *