TodayPati

नेपाल टी–२० लिगमा फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष, तीनजना नेपाली खेलाडी !

टुडेपाटी–
काठमाडौं, पुस २४ गते ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट ९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो ।

Sponsored

गत मंगलबार गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ ।

बेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबी उच्चश्रोतले जनाएको छ ।

Sponsored

बेटिङ र फिक्सिङको चर्चा हुन थालेपछि सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए ।

शंकामा रहेका खेलाडीहरुसँग सीआईबीले बयान लिइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *