TodayPati

अब जनकपुरबाटै श्रम स्वीकृति लिन पाइने

टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।

अब जनकपुरधामबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुरधाम र बिराटनगरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।

मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार जनकपुरधाम र बिराटनगरमा शाखा विस्तार गर्न लागेको हो ।

Sponsored

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो ।

यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिने जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *