TodayPati

मधेश प्रदेश : मोटरसाईकल चोर्दाचोर्दै एकजना पक्राउ

टुडेपाटी–
पर्सा, पुस २३ गते ।

पर्सामा मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ परेका छन् ।

शुक्रबार राति वीरगञ्जमा प्रहरीले बाराको कोल्हवी नगरपालिका ७ का २० वर्षीय भुवन चौधरीलाई मोटरसाइकल चोर्दा चोर्दै पक्राउ गरेको हो ।

Sponsored

रौतहट वृन्दावन नगरपालिका १ घर भई वीरगन्ज महानगरपालिका १२ बस्ने अजय कुमार यादवको प्रदेश २–०३–०१२ प २६३८ नम्बरको मोटरसाइकल सडकमा पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर डोर्‍याएर लैजाँदै गर्दा चौधरी पक्राउ परेका हुन् ।

चौधरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *