TodayPati

मधेश प्रदेश : भारतबाट युरिया मल लिएर आउँदै गरेका ८ जना सीमा नाकाबाट पक्राउ

टुडेपाटी–
सर्लाही, पुस २३ गते ।

भारतबाट युरिया मल लिएर आउँदै गरेका ८ जना सर्लाहीको सीमा नाकाबाट पक्राउ परेका छन् ।

विष्णु गाउँपालिकाबाट प्रहरीले युरिया मलसहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Sponsored

शुक्रबार दिउँसो विष्णु गाउँपालिका ६ मिर्जापुर स्थित १४ वटा साइकलमा २८ बोरा युरिया मल लिएर आउँदै गर्दा मिर्जापुरको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

पक्राउ पर्ने भारतीयको नाम भने प्रहरीले खुलाएको छैन। १४ जनामध्ये ६ जना भारतीय भने साइकल छाडेर भागेको प्रहरीले जनाएको छ।

सरकारले रासायनिक मलको उचित व्यवस्था नगर्दा सर्लाहीका किसानले भारतबाट लुकिछिपी मल ल्याउने गरेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *