TodayPati

मधेश प्रदेश : विद्युत सवस्टेशनको पर्खाल खस्दा एक जनाको मृत्यु

टुडेपाटी–
बारा, पुस २३ गते ।

बारामा विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा काभ्रेको पनौती नगरपालिका–९ का ३० वर्षीय सुनिल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sponsored

ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए।

उपचारको लागि उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *