TodayPati

कमला पुल पुनरनिर्माण र हुलाकी सडक निर्माणमा ढिलाइप्रति नागरिक अगुवाको चिन्ता

टुडेपाटी-
जनकपुरधाम, पुस २३ गते ।

क्षतिग्रस्त कमला पुल पुनर्निर्माण र हुलाडी सडक निर्माण भएको विलम्बप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा शुक्रबार हुलाडी सडक संघर्ष समितिले गरेको कमला पुलको पुनर्निर्माण र हुलाकी सडकको अवस्था विषयक अन्तक्र्रियामा सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

डेढा वर्ष अघि भासिएको निर्माणधीन पुल पुनरनिर्माण विलम्ब भइरहेको र देशकै पुरानो हुलाकी सडक निर्माणमा सरकारले चासो नदेखाएको वक्ताहरुले दुखेसो पोखेका छन् ।

Sponsored

सरकारको गलत नियतका कारण मधेशका जनता विकासबाट टाढा हुनुपरेको उनीहरूले बताएका छन् । राज्य सञ्चालन गर्नेहरूको सोच राम्रो नभएकाले पनि सडक निर्माणमा विलम्ब भएको उनीहरूको भनाइ छ ।

कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विकासका विषयहरू सिधा मानव अधिकारसँग जोडिएको बताए । उन ले कासको अधिकारबाट जनतालाई वञ्चित गर्न नहुनेमा जोड दिए ।

हुलाकी सडकको निर्माणमा विलम्ब हुँदा सर्वसाधारणले धेरै दुःख भोग्नुपरेको लेखकसमेत रहेका संर्ष समितिका संयोजक रामरिझन यादवले बताए । उनले सिरहाबाट जनकपुरधामको दूरी २५ किलोमिटर मात्र हुँदा पनि घुमेर महेन्द्र राजमार्ग हुँदै आउनु पर्दा ६० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे । केही स्थानमा हुलाकी सडक बने पनि पुलको निर्माण नहुनु, जमिनको मुआब्जाको विवाद कायम रहनुलगायत कारणले पनि समस्या देखिएको उनीहरूले बताएका छन् ।

Sponsored

यता, कमला पुल पुनर्निर्माणमा भएको विलम्बको विषयमा निर्माणसम्बद्ध इन्जिनियर कौशल यादवले भाँचिएको पुलको पिलरको रि–डिजाइनको प्रक्रिया चलिरहेको भन्दै अन्य पिलरहरूलाई कसरी मजबुत पार्नेलगायत विषयमा काम भइरहेको बताए । इन्जिनियर यादवले कमलाको क्षतिग्रस्त हुनुको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हुलाकी सडकमा निर्माण गरिएको सिरहा–धनुषा जोड्ने कमला पुल गत वर्ष आएको बाढीमा भत्किएको थियो । निर्माणको अन्तिम समयमा पुल भत्किएपछि सर्वसाधारण आक्रोशित बन्दै आएका छन् । यो पुलको ठेक्का २०६८ साल जेष्ठ ३१ गते शर्मा पप्पु कन्सट्रक्सनले लिएको थियो । कार्यक्रम हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवको पहल र सक्रियतामा भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *