TodayPati

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने बारेमा छलफल गर्दै

टुडेपाटी–
काठमाडौँ, पुस २३ गते ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीको विश्वासको मत र चुनावी समीक्षाबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

बैठक आइतबारको लागि डाकिएको छ।

Sponsored

केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

पार्टीमा २२ केन्द्रीय कार्यकारिणी सदस्य छन्। प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नदिनेबारे पार्टीमा छलफल हुन लागेको हो। यस्तै स्थानीय तह निर्वाचन र आम निर्वाचनको पनि बैठकमा समीक्षा हुनेछ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिनेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *