TodayPati

जसपा मधेश प्रदेश संसदीय दलको नेता उपेन्द्र यादवले टुंगो लगाउने, ९ जनाको नाम पठाइयो

टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो ।

दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान नेता रामअशिष दाबेदार छन् । तर, सरोज यादवले रामअशिष यादवको नाममा सर्वसहमति गरे आफू पछाडि हट्न तयार रहेको बताएका थिए । तर, राउत पछाडि हट्न नमानेनन् । उनी निर्वाचन गरि आजै दलको नेता छान्नुपर्ने जोडबल गरेका थिए । तर बैठकमा सहभागी अधिकांशले सर्वसहमितबाट नेता चयन गर्नुपर्ने अडान लिएपछि सो जिम्मा अध्यक्षलाई दिइएको बैठकमा सहभागी एक संसादले बताए ।

Sponsored

अध्यक्षलाई एकजनालाई दलको नेता चयन गर्न ९ जना आकंक्षीको नाम पठाइएको छ । लालाबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनको नाम पठाइएको छ ।

बिहीबार दलको बैठकले मधेश प्रदेश जसपा संसदीय दलको विधान २०७४ संशोधनसहित पारित गरेको थियो । जसपाले संसदीय दलको नेता चयन गर्न जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर तजा नेता लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो । जसपा मधेश प्रदेशसभाको १६ सांसदसहित तेश्रो शक्ति रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *