TodayPati

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार बैठालाई बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुर स्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

Sponsored

उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको डिएसपी यादवले जानकारी दिए ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *