TodayPati

धनुषामा हत्या गरेको आरोपमा छोरा र प्रहरी ज्वाईँसहित तीनजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।

धनुषामा हत्या गरेको आरोपमा मृतकका आफ्नै छोरा र ज्वाईँसहित तीनजना पक्राउ परेका छन् ।

गत पुस ९ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्या गरेको आरोपमा पक्राउ परेका तीनजनालाई धनुुषा प्रहरीले सार्वजनिक गरेको छ ।

Sponsored

५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले पक्राउ परेका मृतकका छोरा मुखियापट्टी मुसहरनियाँ २ का २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईँ प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त प्रहरी हवलदार महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराईन नगरपालिका २ जटहीका २१ वर्षीय रंजित कुमार यादवलाई सार्वजनिक गरेको छ ।

दुई बिहे गरेका धनुखधारीका जेठी श्रीमतीका छोरा र ज्वाईँले घरायसी विवादमा ५ लाख रुपैयाँमा सुटर ल्याएर उनको हत्या गराएको प्रहरीबाट खुलेको हो ।

Sponsored

हत्या वापत एडभान्सको रुपमा १ लाख र हत्या पश्चात पटक पटक गरी उनका ज्वाईँले २ लाख १० हजार सुटरलाई दिएका थिए भने बाँकी रकम डेढ महिनाभित्र दिने बताएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *