TodayPati

धनुषामा महिलाको शव फेला

टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।

धनुषामा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

मंगलबार दिउँसो धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादबको खेतको पुर्व डिलमा रुख मुनि भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

पुर्व टाउको पश्चिम गोडा भई बेबारिसे अबस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेकाले सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता रायले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *