TodayPati

नगराइनका नगरपालिकाका जेष्ठ नागरिक आन्दोल गर्ने

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

धनुषाको नगराइन नगरपालिकाका जेष्ठ नागरिक आन्दोलन गर्ने भएका छन् । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि जेष्ठ नागरिकहरु आन्दोलन गर्ने तयारी गरेका हुन् ।

आन्दोलनका लागि भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।

Sponsored

यथासिघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका अध्यक्ष भोला दासले चेतावनी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *