नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा यादव
टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।
नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मतले चयन भएका छन् ।
बुधवार विहान जनकपुरधाममा बसेको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
यस्तै, दलको उपनेतामा धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन् ।
मधेश प्रदेश सभामा नेकपा एमालेका २३ जना सांसद छन् ।
Sponsored