TodayPati

सर्लाहीमा बोलेरोको ठक्करबाट साईकल यात्रीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

सर्लाहीमा बोलेरोको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुर स्थित बोलेरको ठक्करबाट साईकल यात्री वडा नं. २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको हो ।

नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरोले साकईकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

Sponsored

शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ र ठक्कर दिने बोलेरो तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *