TodayPati

मोटरसाइकल अनिन्त्रित भएर दुर्घटना हुँदा धनुषाका सवईन्जिनियरको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

सर्लाहीमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक सवईन्जिनियरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–३ बस्ने वर्ष ३० का रोशन याद रहेको प्रहरील जनाएको छ ।


शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व–पश्चिम लोकमार्गमा यादवले चलाएर आउँदै गरेको सरकारी नम्बरप्लेट ना १ ब २५५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

Sponsored

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले यादवले जानकारी दिए । उनका अनुसार यादव सर्लाहीको लालबन्दी नगरपालिकाको सब–ईन्जिनियर पदमा कार्यरत रहेका थिए । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *