TodayPati

अपराधी प्रवृतिका मेयर बेचनले पत्रकार शैलेन्द्र क्रान्तिलाई दिए छातीको करङ्क भाँच्ने धम्की

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार भएको मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ समारोहमा समाचार संकलन गर्न पुगेका अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त पत्रकार क्रान्तिलाई मेयर दासले प्रदेशसभा परिसरमा दर्जनौ व्यक्तिको सामुन्ने खुलेयामा यस्तो धम्की दिएका हुन् ।

तीनचारमहिना आघि नगरपाकिला कार्यालयमै एकजना पत्रकार मौसम झालाई लात्तले छातीमा हिर्काएर हाड भाँचेको भन्दै अझै तपाई लगायत अझै ५÷६ जना पत्रकारलाई यस्तो गर्ने मेयरले धम्की दिए । ‘तपाईले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिका तिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरोना बेचन होइन । मैले भाँच्न सकिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन’ धम्की दिँदै उनले भने ‘म अपराधकर्म, जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’
धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी छन् ।

Sponsored


मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन हुँदा उनी एमालेतिर लागे । दोश्रो पटक फेरि मेयरमा जितेका हुन् । एक किशोरीको हत्या आरोपमा कर्तव्यज्यान मुद्दाबाट उम्केका उनका भाई लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २(क)बाट प्रदेश सांसदमा जितेका हुन् ।

डेढवर्ष अघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालिन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार पत्रकार क्रान्तिले बाहिर ल्याएका थिए ।

यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । धम्कीपछि पत्रकार क्रान्तिले मेयर दास अपराधी प्रवृतिका मेयर रहेकाले आफू आफू असुरक्षित महसुस गरिरहेको बताए । उनले खुलेआम जिउज्यानमा क्षति पुर्याउनले धम्कीदिने मेयर दासलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

Sponsored

घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ती जारी गर्दै मेयर दासलाई कारबाहीको माग गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *