TodayPati

धनुषामा एकवर्षमा हत्याहिंसा सम्बन्धि ५७ घटना

टुडेपाटी-
जनकपुरधाम, पुस १५ गते ।

धनुषामा पछिल्लो एक वर्षमा हत्याहिंसा सम्बन्धि ५७ वटा घटना भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुक्रबार सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा यस्तो पाइएको हो ।

इन्सेकले सन् २०२२ को जनवरीदेखि डिसेम्बर सम्ममा धनुषामा भएका अपराधसहित मानव अधिकार उल्लंघनका घटनाको विवरण सार्वजनिक गरेको छ । जसमा १२ जनाको हत्या भएको छ । त्यस्तै, बलात्कारका घटना १०, बलात्कार प्रयास २, यौन दुव्र्यवहार ४, मानव बेचविखन तथा ओसारपसार एवम् शरीर बन्धक ४ र अमानवीय व्यवहारका घटना ३ वटा भएका छन् ।

Sponsored

त्यसैगरी, हत्या प्रयासको घटना ७ वटा भएका छन् । जसमध्ये राज्यपक्षद्वारा गोली प्रहार १ र गैरराज्य पक्षद्वारा गोली प्रहारका दुई घटना पनि सामेल छन् । एक वर्षमा बहुविवाहका घटना २, ज्यान मार्ने धम्की १, कुटपिट ७, घरेलु हिंसाका २ घटना भएका छन् । प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकमा अपराधका घटनाका कमी आएको देखाइएको छ ।

समीक्षा कार्यक्रममा सहभागीहरूले अघिल्लो वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी देखिए पनि चित्त बुझाउने ठाउँ नरहेको बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *