सुरक्षा निकायका पदाधिकारीले नेताहरुसँग भेट्नुपूर्व स्वीकृति लिनुपर्ने
टुडेपाटी–
काठमाडौँ, पुस १४ गते ।
सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने भएको छ।
गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको हो।
गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले कएक विज्ञप्ति जारी गर्दै सैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गरेका छन् ।
निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Sponsored