TodayPati

बटेश्वरमा समृद्धि परियोजनाको ‘वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान’ कार्यशाला

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

समृद्धि परियोजनाले धनुषाको बटेश्वर गाउँपालिकामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान रुपान्तरण सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । समृद्धि परियोजनाका प्रशासन तथा वित्तीय अधिकृत जिवछ राउतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रामअशिष महतोको प्रमुख आतिथ्यमा कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।

गाउँपालिकामा समृद्धि परियोजनाले वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान रुपान्तरणको लागि प्रशिक्षित गरेका सहजकर्ताहरुलाई पालिकाले अपनत्वग्रहण गर्दै रोस्टर तयार गर्ने निष्कर्ष निकालेको छ । यस्तै पालिका भित्र संचालनमा रहेका सहकारीहरुलाई लक्षित गरी तालिम आयोजना गर्ने र निष्किृय रहेका सहकारीहरुलाई संचालन गर्न पालिका स्तरबाट पहल गर्ने निर्णय गरेको छ ।

Sponsored

समृद्धि परियोजनाले प्रशिक्षित गरेका सहजकर्ताले अगामी दिनमा पालिका वित्तीय तथा सहकारी क्षेत्रमा फड्को मार्ने विश्वास गाउँपालिका अध्यक्ष महतोले व्यक्त गरेका छन् ।

कार्यशालामा पालिका उपाध्यक्ष फुलकुमारी सिंह, प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मा, वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतो, वडा नं. २ का वडाध्यक्ष विजय महतो, वडा नं. ४ का वडाध्यक्ष निरज कार्की, समृद्धि परियोजनाका समावेशीकरण अधिकृत आलोककुमार कर्ण लगायत, सहकारी कर्मी, पालिकाका सम्बन्धित शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *