TodayPati

मधेश प्रदेश : गोली दागेर एक व्यापारीको हत्या

टुडेपाटी-
जाकपुरधाम, पुस ८ गते ।

बारामा गोली दागेर एक व्यवसायीको हत्या भएको छ । भारतीय व्यापारी शिवपुजन यादवको हत्या भएको हो ।
शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसल नजिक उनीमाथि गोली प्रहार भएको हो। मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले गोली दागेर भागेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमामृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

गोली कसले किन प्रहार गरि उनको हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *