TodayPati

ऐलानी जग्गामा पुस्तौदेखि बस्दै आएका मुसहर समुदायलाई उठिबासको त्रास

सप्तरी, पुस ७ गते ।

पुस्तौदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबिलासाका बिरेन्द्र सदाको परिवार यतिबेला ठुलो त्रासमा छ । सदा परिवार बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न धम्कीसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार ठुलो चिन्तामा डुबेको हो ।

‘‘बर्षाैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं”, सदाले भन्नुभयो,‘‘ अहिले आएर साहले बाटोको लागि जग्गा खाली गर्नुप¥योे भन्दै धम्की दिन थाल्नु भएको छ, नगरपालिकास्थित न्यायिक समितिमा पनि उजुरी दिनुभयो त्यसैले समस्यामा परेका छौं ।” अब यहाँबाट बिस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उहाँको दुखेसो छ ।

Sponsored

‘‘आफुहरुसँग नम्बरी जग्गा छैन्, त्यसैले जुरी पाचि नदी उकास जग्गामा फुसको छाप्रो बनाई बस्दै आएका छौं”, सदाले भन्नुभयो,‘‘ अहिले आएर साहले जग्गा आफ्नो भन्दै खाली गराउन न्यायिक समितिमा उजुरी हालेपछि भोक र निद्रा नै हराएको छ ।” अहिले त्यही त्रासका कारण भोक पनि लाग्दैन्, निद्रा पनि हराईसकेको छ, उहाँको दुखेसो छ ।

‘‘मेरो हजुर बुवा पनि यही जग्गामा घर बनाएर जीवन बिताउनुभयो, बुवा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ४५ बर्षीय सदाले भन्नुभयो,‘‘ हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौै, तर अहिले अचानक आएर साहले जग्गा खाली गराउन अघि बढ्ेपछि परिवार नै उठिबासमा पर्ने चिन्तामा छौं ।” पछिल्लो समय केही दिनयता साहले बस्तीमै आएर जग्गा खाली गर्न धम्की समेत दिन थालेपछि थप तनाबमा परेको सदाको गुनासो छ । 

‘‘ योे जग्गामा कहिलेदेखि हजुर बुवा बस्नु भयो भने नै हामीलाई नै थाहा छैन्”, डाक्नेश्वरी नगरपालिका १ कबिलासकै सञ्जय सदाले भन्नुभयो,‘‘ तर जग्गा खाली गराउने भन्दै साह न्यायिक समितिलाई गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? चिन्तामा परेका छौं ।” 

‘‘पुस्तौदेखि यही बस्यौ, यही मजदूरी ग¥यौ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्”, बिरिन सदाले भन्नुभयो,‘‘ अहिले अचानक जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबाला सहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौं ।” बिस्थापित हुनबाट जोगाई दिन सबैसँग उहाँले अपिल समेत गर्नुभएको छ । ऐलानी जग्गाबाट मुसहर बस्ती खाली गराउन साह स्थानीय तहको न्यायिक समितिमा पुगेपछि बिरेन्द्र सदा, सञ्जय सदा र बिरिन सदा मात्र होईन्, पुस्तौदेखि ऐलानी जग्गामा बस्दै आएका पाँच घर मुसहर समुदाय उठिबासको जोखिममा परेका छन् ।

आर्थिक रुपमा बिपन्न मुसहर समुदायहरुसँग आफ्नो जग्गा नहुदाँ गाउँ नजिकैको जुरी पाची नदीबाट उकास भएको जग्गामा घर बनाएर बस्दै आएका छन् । साहले निवेदनको आधारमा न्यायिक समितिबाट पत्र आएपछि बल्ल आफुहरुले थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

‘‘पुस्तौदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफुहरु पनि अडानमा छौं”, ३७ बर्षीय बिरिन सदाले भन्नुभयो,‘‘ त्यसैले हामी पनि न्यायिक समितिमा प्रतिउत्तर जोड्ने तयारीमा छौ, अन्तिमसम्म हामी पनि लड्छौ ।” त्यसमा सबैको सहयोग चाहियो, उहाँको आग्रह थियो ।

Sponsored

यसरी आर्थिक बिपन्नता र सामाजिक बिभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान शुरु गरेको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरवा चरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दत्र्तासँगै सशक्तिकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका सहजकर्ता नरेश कुमार सदाले बताउनुभयो ।

दलित समुदाय उठिबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले दलित समुदायका हरवा चरवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको सहजकर्ता सदाको भनाई छ । पुस्तौ पुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठिबास हुन नदिन आफुहरुले पनि सहयोग गर्ने स्थानीय गैर दलित समुदायका अगुवाहरुले समेत बताएका छन् । ऐन, कानुनले पनि कसैलाई उठिबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठिबास बनाउने योजनालाई आफुहरुले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय अगुवाहरुको कथन छ ।

यता डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख मिरा कुमारी यादवले सो बस्तीको छेउमा स्थानीय रामनारायण साहको नाममा किता नम्बर ४२ र १४३ नम्बरी जग्गा रहेको र सो जग्गा सम्म पुग्न समस्या भईरहेको भन्दै अर्का स्थानीय हुकेश्वर साहले बाटो उपलब्ध गराई दिन भन्दै २०७९ असार २ गते नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको जानकारी दिनुभयो ।

सो निवेदन सन्दर्भमा छलफल गर्न दुबै पक्षलाई बोलाईएको जानकारी दिनुहुँदै उपप्रमुख यादवले दुबै पक्षको छलफल पश्चात निर्णय गरिने बताउनुभयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *