TodayPati

मधेश प्रदेश : कक्षाकोठामै शिक्षकले विद्यार्थीलाई अश्लील भिडियो देखाएको घटना सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लिल भिडियो देखाएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिलाविहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो ।

करिब दश दिन अघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लि भिडियो विद्यार्थीलाई देखाइरहेको सो भिडियो क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरका छन् । मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय बढाउँछन् ।

Sponsored

शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेका थिए । तर, पुनः राजनीतिक दबाव र प्रलोभनमा छोडेको स्थानीयको आरोप छ । सो विषयलाई लिएर बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी व्यापक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।

अश्लिल भिडियो देखाउने शिक्षक यादवलाई के गर्ने विषयम अहिले सर्वपक्षीय बैठक चलिरहेको.वाइसिएलका धनुषा जिल्ला इन्चार्ज समेत रहेका स्थानीय सरोज यादवले जानकारी दिए ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाईं पक्राउ गर्न नसकेको तर्क गरे ।

Sponsored

‘हिजो त्यहाँको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई दृष्टिगत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनलाई छाडियो’ डिएसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *