TodayPati

मधेश प्रदेशमा दलको नेता चयन गर्न काँग्रेसले बनायो निर्वाचन समिति

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ । बिहीबार जनकपुरमा बसेको काँग्रेस मधेश प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीनसदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दु कुमारी यादव रहेको काँग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिले केहीदिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने प्रवक्ता गुप्ताले बताए ।

Sponsored

दलको नेताको लागि काँग्रेसका प्रदेशसभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण प्रसाद यादव, निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र जनार्दन क्षेत्री दाबेदार छन् ।

यस्तै बैठकले मधेश प्रदेशमा काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठवन्धनमा रहेका दलहरु लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । जसको लागि प्रदेश सभापती यादवलाई जिम्मेबारी दिएको छ ।

मधेश प्रदेश अन्तर्गत प्रतिनिधी सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुलाई कार्यक्रम आयोजन गरीसम्मा नगर्ने लगायतको पाँचवटा निर्णय गरेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *