TodayPati

मेयर र उपमेयरको विवादको बन्दी बन्यो नगराईन, मेयर भन्छन् लचिलो बन्न तयार छु

टुडेपाटी–
जनकपुरधाम, मंसिर २८ गते ।

मेयर र उपमेयरबीचको विवादका कारण नगराईन नगरपालिकाको काम ठप्प भएको छ ।

नगरपालिकाको सबैकाम प्रभावित भएपछि बुधबार नगरप्रमुख विनय यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको समस्या समाधान गर्नका लागि हदैसम्म लचिलो बन्दा पनि उपप्रमुख राधा देवी यादव सहितका एमालेका वडाध्यक्षहरुले नगरपालिकालाई बन्धक बनाएको आरोप लगाए ।

Sponsored

उनले आफु पटक पटक वैठक बोलाएर सहमति गर्न खोज्दा विपक्षीहरु सहमतिमा आउन नसकेको कारणले कर्मचारी तथा शिक्षकहरुले ६ महिना देखि तलव भत्ता पाउन नसकेको बताए ।

उनले कर्मचारी तथा शिक्षकहरुको तलव खुवाउनका लागि पनि परिषद् वैठक सम्पन्न गर्नका लागि आग्रह गर्दा पनि नेकपा एमालेवाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले वेवास्ता गर्ने गरेको दाबी गरे ।

नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले राखेको मागको संबोधन गर्नका लागि लचकता अपनाउदा पनि उच्च अदालतले उपभोक्ता समितिको विषयमा बनेको निर्देशिकाको विषयमा फैसला गरिसकेकाले फैसला विपरित संशोधन गर्न नसकिने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *