लालगढ मोडेल हस्पिटल प्याकेजको नाममा झुक्याएर बिरामी ठग्ने गरेको आरोप
टुडेपाटी-
जनकपुरधाम, मंसिर २२ गते ।
धनुषाको लालगढ मोडेल हस्पिटलले उपचार सेवाका नाममा बिरामी ठग्दै आएको आरोप लागेको छ । पूर्वपश्चिम राजमार्ग अन्रर्तत धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित संचालित लालगढ मोडेल हस्पिटलानसग पीडितले यस्तो आरोप लगाएका हुन् ।
बिरामी भर्ना गर्ने बेलामा एकथरी र डिस्चार्ज गर्ने बेलामा अर्कोथरी कुरा गरेर ठगि गर्ने गरेको धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारका पीडित सुरेन्द्र साहले आरोप लगाए ।
प्याकेजमा उपचार गर्ने नाउँमा झुक्याएर डिस्चार्जको समयमा बढीको बिल थमाएर लुट्ने गरेको उनको आरोप छ ।
गत मंसिर १८ गते मोटरसाइकल दुर्घटनामा उनका भाई कमलेश कुमार साहको खुट्टा भाँचिएको थियो । सुरेन्द्रका अनुसार बिरामीको सबै अवस्था देखेर प्याकेजमा ५० हजारमा अप्रेशन सहित सम्पूर्ण उपचार गर्ने अस्पताल व्यवस्थापनले बताएको थियो । डिस्चार्ज गर्ने बेला भने करिब ७१ हजारको बिल तिर्न लगाएर ठगी गरेको सुरेन्द्रले दुखेसो सुनाए । अन्तमा ६८ हजार रुपैयाँ तिरेर मंसिर २२ गते राति नै बिरामीलाई डिस्चार्ज गराएको उनले बताए ।
यस विषयमा हस्पिटलले कमलेशको अप्रेशन जटिल भएको र बढी समय लागेकोले अन्य बिल बढ्न गएको आफन्तलाई जवाफ दिएको छ । यो हस्पिटलले सुरुमा यसरी नै सस्तोमै प्याकेजमा उपचार गर्ने र पछि डिस्चार्जको बेला बढीको बिल थमाउने गरेको अन्य पीडितहरुले गुनासो गर्ने गरेका छन् ।
Sponsored
यस्तो अस्पतालको लाईसेन्स खारेज गर्नु पर्छ