TodayPati

महोत्तरीमा चिसोका बिरामी बढे

रासस-
महोत्तरी, मंसिर २२ गते ।

विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ।

चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण महोत्तरीसहित मधेशसका जिल्लाको मौसम असहज भएको छ।

Sponsored

जिल्ला अस्पताल जलेश्वरमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेका मेडिकल सुपरिटेन्डेन्ट डा.सतिश साहले बताए।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

सामान्य अवस्थामा औसतमा ४०र५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० जना सम्म बिरामी उपचारको लागि आउने गरेका डा. साहले जानकारी दिए।

Sponsored

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला प्रभावित भएका छन्।

आर्थिकरुपले कमजोर व्यक्ति जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेका छन्। ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या सिर्जना भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *