चिसोका कारण महोत्तरीको अस्पतालहरुमा बढ्न थाले बिरामी
रासस–
महोत्तरी, मंसिर २२ गते ।
विगत केही दिनदेखि बढेको चिसोको कारण महोत्तरीका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण जिल्लाको मौसम असहज भएको छ ।
जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए ।
चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको उनले बताए ।
सामान्य अवस्थामा औसतमा ४०/५० जना बिरामी उपचारका लागि आउने गरेकोमा अहिले दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए ।
Sponsored
बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् ।