TodayPati

धनुषाका प्रभुको हत्या आरोपमा दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, मंसिर १५ गते ।

धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुबैजनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जग्गा सम्बन्धि विवादलाई लिएर कुटपिटबाट प्रभुको मृत्यु खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

Sponsored

पहिलादेखि चलिरहेको जग्गा सम्बन्धि विवादलाई लिएर बिहीबार राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवार प्रभुको घरमा पुगेका थिए । सोही ठाउँमा आक्रमण गर्दा प्रभुको मृत्यु भएको परिवारजनाको भनाइ छ । घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *