मोटरसाइकल चोरी गर्ने ग्याङ्ग धनुषा प्रहरीको फन्दामा
टुडेपाटी–
जनकपुरधाम, मंसिर १६ गते ।
धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको फन्दामा परेको छ ।
जनकपुरधामसहित जिल्लाको विभिन्न स्थानबाट चोरी गरेको मोटरसाइकलसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले चोरी भएको ५ वटा मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।
प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका ६ वस्ने ३० वर्षीय मनोहर कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय रूपेश यादव, वडा नं. १६ बस्ने १९ वर्षीय गुलशन नदाफ, वडा नं. १५ बस्ने २२ वर्षीय भरत साह, महोत्तरीको बलवा नगरपालिका ५ बस्ने बिक्की कुमार यादव, वडा नं. ४ बस्ने २६ वर्षीय विवेक कुमार झा र सिरहाको कल्यानपुर नगरपालिका ५ घर भई हाल जनकपुरधाम बस्ने १९ वर्षीय नितेश यादवलाई नियन्त्रणमा लिएको छ ।
Sponsored
चोर हरुको अनुहार हेर्नु पर्ने थियो तर मास्क लगाए छ चिन्न सकेन