रौतहटमा दौनी गर्न जम्मा गरेको दुई विघा खेतको धानधमा आगलागी
टुडेपाटी-
रौतहट, मंसिर १४ गते ।
रौतहटमा दुई विगाहा धाधको थुप्रोमा अज्ञात समूहले आगजानी गरेको छ । फतुवा विजयपुर नगरपालिका स्थित अवकाश प्राप्त सई रामानन्द यादवको दुई विघा खेतको धानमा मंगलबार राति आगलागी भएको हो ।
काटेर दाइँ (दौनी) गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गएराती १२ बजे आगजनी गरेको पीडितले बताएका छन् ।
आगजनी बाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताए। घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ।
दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ। घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored