TodayPati

नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे यस्तो भन्छन् पंकज

टुडेपाटी–
जनकपुरधाम, मंसिर १३ गते ।

महोत्तरीको औरहीकी नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे पहिलो पटक श्रीमानले आफ्नो कुरा राखेका छन् । उनले श्रीमतीले लगाएको आरोप झुटो रहेको भन्दै पत्रकार सम्मेलनकै आयोजना गरी आफ्नो धारणा राखेका हुन् ।

महोत्तरीको औरही नगरपालिका वडा नम्बर १की नेहा चौधरीको ९ महिना अगाडी रामगोपालपुर नगरपालिका वडा नम्बर ५का पंकज चौधरीसंग विवाह भएको थियो । । नेहा र पंकज प्रेम सम्बन्धमा रहेकाले दूबैको परिवारबीच सहमति भएर विवाह भयो ।

Sponsored

काठमाडौं अध्ययनरत रहेकै बेला नेहा र पंकज प्रेममा परेका थिए । पंकज एमडी सकाएर विवाह गर्ने योजनामा रहेपनि नेहाकै दवाबमा एमडी नसकाउँदै विवाह गर्ने निर्णयमा पुगे । दूबैको विवाह २०७८ फागुन २५ गते विवाह भयो ।

तर विवाह भएको केही महिना नबित्द दूबै बिचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले श्रीमान आफूमाथी शारिरिक तथा यातना दिदै आएको आरोप लगाइन् । यसका साथै दाइजोका लागि पंकजले पटक पटक कुटेको नेहाको आरोप थियो । उनले आफू काठमाडौमा संगै बस्ने हठ गरेपछि आफूलाई निर्घात कुटपीट गरेपछि बाध्य भएर माइत आएको बताइन् ।

यता नेहाले लगाएको यो सब आरोप निराधार रहेको पंकजको दावी छ । नेहाले आरोप लगाएको एक महिनापछि पंकजले नेहाले लगाएको सबै आरोप झुठो रहेको दावी गर्दै उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिदै आएको आरोप लगाए ।

Sponsored

पंकजका अनुसार बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो विषयमा पनि झगडिदै आएकी थिइन् । उनले भने ‘नेहा सानो सानो विषयमा पनि झगडा गर्थिन, म सम्बन्ध बचाउनकालागि पटक पटक मनाउने प्रयास गर्थे ।’ अगाडी भने ‘मैले नेहामाथी कहिल्यै हातपात गरेको छैन, बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु ।’

पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयास समेत गरेकी छिन् ।
बिहे पनि आफूसंग जोर जबरजस्तीमा गरिएको पंकजको दावी छ । आफू नेहासंग प्रेम सम्बन्धमा रहेपनि उसको यही सानोतिनो विषयमा झगडिने बानीका कारण विवाह गर्ने पक्षमा थिइन् तर उनकै दवाबका बिच विवाह गर्नु पर्यो । उनले भने ‘विवाहभन्दा पहिले मलाई जे डर थियो त्यही भयो, अब सम्बन्ध म बचाउन सक्दिन त्यसैले सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको छु ।’

पंकज काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिजिसियन हुन् ।
कात्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो । अहिले नेहाले पंकजबिरुद्ध अंशको मुद्दा समेत दिएकी छिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

5 thoughts on “नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे यस्तो भन्छन् पंकज

  • November 29, 2022 at 9:19 pm
    Permalink

    Sara samashya ko samadhan hunxa bt kutpit garne kunai samadhan hoena… haat uthaunu sab vanda thulo galati ho.

    Reply
    • December 1, 2022 at 8:13 am
      Permalink

      Haat paat gareko vandai pusti hundai hajur Keti le vandai sacho hunxa vanne xaina ni

      Reply
  • November 30, 2022 at 6:32 am
    Permalink

    यो आइमाइको जात लाई जति नै गरे पनि
    हुदैन श्रीमती राम्रो अशल परिन घर श्वोर्ग श्रीमती खराब परिन लोग्नेमान्छेको जीवन नरक तेसैले परापुर्बकाल मा आईमाई लाई पैताला मुनि नै राख्न पर्ने रहेछ
    बिडम्बना सियो भएर छिर्नी फाली भएर निस्कने अनि घर फोर्ने परिवारलाई तहस नहस पार्ने हौट

    Reply
    • December 1, 2022 at 11:09 am
      Permalink

      Sala chor ta lai aaimai le janmako hoina ra tero aama aaimai hoina ra ta xakA ko santan ho bolne tarika sik sala varuwa

      Reply
  • December 1, 2022 at 2:46 pm
    Permalink

    पंकज भाइ तिमी आफ्नो जीवन बर्बादि तर्फ लगनु भन्दा केही मान्छेको बिचमा केटि लाई लगेर एक ठाउमा जिवन बिताउने बाताबरण बनाउ ! यो तिम्रो घरको मामिलामा अनावश्यक कुरा अरुको नसिक नत्र पुरै Life बर्बाद हुन्छ ! यहि टुङ्गो लगाउ , नत्र तहसनहस बनाएर सबैले छोड्छ !

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *