TodayPati

जनकपुरमा २६ जोडीको सामूहिक विवाह सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

जनकपुरधाममा २६ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जनकपुरधामको जानकी मन्दिरमा २६ जोडीको विवाह मंगलबार राति सम्पन्न भएको हो ।

विश्व हिन्दु परिषदले विवाहपञ्चमी महोत्सवको अवसरमा विगत चारवर्षदेखि जनकपुरधाममा सामूहिक विवाह समारोहमा गर्दै आएको छ ।

Sponsored

सो क्रममा यस वर्ष पनि २६ युवक युवतीको विवाह भगवान राम र सीताको वाह भएकै मण्डपमा सम्पन्न भएको हो ।
दाईजो उन्मुलनको सन्देश प्रवाह गर्न यस्तो सामूहिक विवाहको आयोजना गर्ने गरेको परिषदले जनाएको छ ।
परिषदले नै विवाहको सम्पूर्ण व्यवस्थापन गर्ने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *