TodayPati

सीताराम विवाहपञ्चमी महोत्सव अन्तरगत चौथो दिन ‘सम्धी मिलन’ सम्पन्न

टुडेपाटी–
जनकपुरधाम, मंसिर १० गते ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार तिलकोत्सव मनाइएको छ। विवाहपञ्चमीको चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो।

Sponsored

जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए।

विवाहपञ्चमी कार्यक्रमअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गरेका छन्। जसलाई मिथिला क्षेत्रमा ‘सम्धी’ मिलन भनिन्छ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हासपरिहास कार्यक्रम भएको थियो।

Sponsored

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा पुगेर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *