विवाहपञ्चमीमा तीन दिन जनकपुरधाम क्षेत्रमा मांस मदिरा बिक्री वितरणमा रोक
टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।
सीताराम विवाहपचमीको अवसरमा जनकपुरधाममा स्थानीय प्रशासनले मांस मदिराको बिक्री तथा सेवनमा रोक लगाएको छ ।
विवाहपञ्चमीलाई भव्य रुपमा मनाउन बसेको सर्वदलीय बैठकले मंसिर ९ गते राती १२ बजे देखि मंसिर १२ गते राती १२ बजेसम्म अन्तरगृह मिथिला परिक्रमा क्षेत्रमा मांस मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकारी दिए ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंसिर १३ गते सम्पन्न हुनेछ ।