TodayPati

राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित

टुडेपाटी–
जनकपुरधाम, मंसिर १० गते ।

सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव विजयी भएका छन् । सत्ता गठबन्धनबाट माओवादीको हसिया हथौठा चुनाव चिन्ह लिएर उठेका महेन्द्रले लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् । महिन्द्रले २३ हजार ५२९ मतले विजयी हुँदा राजेन्द्र २१ हजार ५१८ मतमा सिमित भए । यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए ।

Sponsored


यसअघि २०७० को दोश्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्र नं. ५ मा महिन्द्रसंग राजेन्द्र पराजित भएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर जित हात पारेका राजेन्द्र चुनाव लड्न सर्लाही २ फर्केका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *