TodayPati

महोत्तरीमा प्रहरीद्वारा घरेलु मदिरा नष्ट गरिँदै

टुडेपाटी–
महोत्तरी, मंसिर २ गते ।

प्रहरीले महोत्तरीमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्लाको बर्दिबास नगरपालिकाको विभिन्न स्थानमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले नष्ट गरेको हो ।

Sponsored

मदिरा बिक्री वितरण गर्न निषेध रहेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *