TodayPati

विवाहपञ्चमीको तयारी तिव्र, यो वर्ष सतपाल महराज आउने

टुडेपाटी–
जनकपुरधाम, कार्तिक ३० गते ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तिव्र पारिएको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

Sponsored

यो वर्ष मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।

Sponsored

विवाहपञ्चमी महोत्सवमा यसपटक भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने छन् ।

प्रमुख अतिथिको रुपमा भारतबाट रामको डोलासहित आउने उनी मंसिर ११ र १२ गतका कार्यक्रममा सहभागी हुने सह महन्त दासले बताए । सतपाल महराज लगायत अयोध्याबाट हजारौं साधुशन्त जन्तीको रुपमा यसवर्ष पनि सहभागी हुन जनकपुर आउने तयारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *