TodayPati

जनकपुरधाम–जयनगर रेल सेवा चारदिन बन्द हुने

टुडेपाटी–
जनकपुरधाम, कार्तिक ३० गते ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीले भोलीदेखि चार दिन रेल सेवा बन्द गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

Sponsored

आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै रेल सेवा बन्द गरिएको र मंसिर ५ गतेदेखि पुनः नियमित सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिए ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *