महोत्तरी क्षेत्र नं. ३ प्रतिनिधिसभाकी उम्मेदवार एल्सा झालाई ७ प्रश्न ! (अन्तरवार्ता)
मिथिला मधेशकी छोरी एल्सा झा चुनावी मैदानमा उत्रेकी छन् । उनी महोत्तरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यकी स्वतन्त्र उम्मेदवार हुन् । चुनाव नजिकीदै जाँदा जनताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा सुनाउँदै मत माग्न व्यस्त छिन् एल्सा । समाज रुपान्तरणको सपना बोकेर पहिलो पटक चुनावी मैदानमा होमिएकी एल्सा तीनवटा विषयमा डिग्री गरेकी गरेकी छन् । उनको घर महोत्तरी क्षेत्र नं. ३ मै पर्ने पिपरा गाउँपालिका वडा नं. ७ मा छ । चुनावकै विषयवस्तुमा केन्द्रित भएर स्वतन्त्र उम्मेदवार एल्सासंग टुडेपाटीले गरेको कुराकानीको साने संपादित अंश प्रस्तुछ :
तपाई घरदैलोमा गइरहँदा जनता के भन्छन् ?
जनतामा राजनीतिक दल र नेताप्रति कम्प्लेनको शिवाय केही पाइँन । विगतमा यस क्षेत्रबाट जितेका लोसपा अध्यक्ष महन्थ ठाकुरले केही काम गरे भनेर अहिलेसम्म जनताले भनेको सुन्न सकिन । कोरोना जस्तो महामारी आउँदा पनि जनताले मदत पाएनन् । यो काम गर्दा पनि कमसेकम जनतामा यति गुनासो रहने थिएनन् होला । राजनीतिप्रति वितृष्णा र तितोपना सोँचे भन्दा बढी जनतामा पाएँ ।
राजनीति दल र नेताप्रति जनतामा व्याप्त वितृष्ण छ भन्नु हुन्छ । उसो भए तपाई राजनीतिमा किन आउनु भयो ?
जनताको लागि जिउने इच्छा । आफ्नो धर्ती अर्थात् मातृभूमिको लागि बाँकी जीवन समर्पण गर्ने इच्छा नै मेरो राजनीतिको मूल आकर्षण हो ।
तपाइँको मुख्यतः चारवटा चुनावी एजेण्डा के के छ ?
Sponsored
कृषिकको स्तरवृद्धिको लागि अनुदानको व्यवस्था गर्ने, जो खासै कृषिमा रुची राख्दैनजन् उनीहरुको लागि प्रोत्साहन हुने खालको कार्यक्रम ल्याउने र सिँचाई समयमा खाद्यमलको व्यवस्था गर्ने प्रमुख मेरो एजेण्डा छ । दोश्रोमा उद्योग व्यवसाय खोलेर युवाहरुलाई देशमै स्वरोजगारको वातावरण तयार गर्ने, विदेशजानबाट रोक्ने । तेश्रोमा महिलालाई शिक्षितसहित आत्मनिर्भर बनाउँदै समाजिक कार्यमा समेत सरिक हुने वातावरण तयार पार्ने हाम्रो अवधारणा छ । चौथोमा जनमुखी कर लागु गर्ने व्यवस्था ल्याउन प्रयास गर्ने, करको तरिका हुन्छ । एउटै कर अर्को ठाउँमा पनि लिने गरिन्छ । त्यो दोहरो तेहरो करको प्रावधान हटाउने र स्वेच्छिक करको व्यवस्था हुनुपर्छ । यी नै मेरो मुख्य चारवटा एजेण्डा छ ।
तपाइको जीतको आधार के छ ?
हरेक युवा र महिलामा हेरें । उहाँहरुमा समृद्धिको सपना छ । त्यो सपनाको बिन्दु म हुँ । अर्को मेरो पोल्टिकल ब्याकग्राउण्ड छैन । म शिक्षित एवं दक्ष उम्मेदवार हुँ । केकसरी गर्दा क्षेत्रलाई समृद्ध बनाउन सक्छु भन्ने भिजन छ मसंग । संगठन मसंग छैन । मलाई लाग्छ म यहाँ लड्छु र म जित्छु भने भोलि महिलाहरुलाई सहज हुन्छ । एउटा चैनब्रेकरको काज मैले गरेको छु । यसकारण प्रायः महिला, युवाहरु र आम मतदाताको मत म पाउँछु र मतदाता मलाई जिताउँछ भन्नेमा विश्वस्त छु ।
दुईवटा सशक्त गठबन्धनबाट उम्मेदवारहरु चुनावी मैदानमा छन् । तपाईलाई जित निकाल्न ठूलो चुनौती छ जस्तो लाग्दैन ?
वास्तविक भन्नु हुन्छ भने जनताको मन जित्ने गठबन्धनसंग कुनै आधार म देख्दिन । यदि उनीहरुसंग क्षमता भएको भए, जनताप्रति विश्वास भएको भए यति धेरै दल मिलेर गठबन्धन गर्नुको कुनै औचित्य नै थिएन । १० वटा दलको जन्म पनि हुने थिएन र एक दुईवटै दलप्रतिस्पर्धा गरेर जित निकाल्थ्यो होला । उनीहरुमा आफै विभेद भएपछि दशवटा दल निर्माण गरे । जब जनताको विश्वासबाट पराजित हुन थाले अनि दशवटै दल एउटै थालीमा खाने वातावरण बनाए । त्यसैले जनता अब त्यति मूर्ख छैनन् । जति योजना छ सबै कार्यकर्ताको लागि छन् । जनताको हितामा बिलकुलै छैनन् यो । जनताले यो कुरा राम्ररी बुझ्न थालेका छन् । जनता विकल्पको खोजीमा छन् । जनताले खोजे जस्तो उम्मेदवार भएको कारण मलाई चुनाव जित्न ठूलो चुनौती छ जस्तो लाग्दैन ।
तपाईको प्रतिस्पर्धा को संग हुन्छ ?
मेरो प्रतिस्पर्धा म संगै हुन्छ । जनता संगठित छन् भने मलाई अन्य कुनै उम्मेदवारसंग प्रतिस्पर्धा छ भन्ने लाग्दैन । मलाई यो अनुभूति नै भइरहेको छैन ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
म यस क्षेत्रको जनतालाई भन्न चाहन्छु की निराश धेरै हुनु भयो । अब निराश हुनुको जरुरी छैन । जब अन्धकार गुफामा एउटा सानो किरण पस्छ नि, त्यसले उज्याले पार्छ । त्यही सानो किरण बनेर म आकएकी छु । ममाथि विश्वास राख्नु होला र आशिर्वाद दिनु होला । तपाईको सपना प्रस्फुटित गरेर म सबैलाई देखाउन सकु र यो प्रतिस्पर्धा मेरो लागि सानो हो । म जति यहाँ संघर्ष गरिरहेकी छु, जुन मेरो पाइला अघि बढिरहेको छ । त्यो जनताप्रति समर्पित छ । यदि म जित्छु भने तपाईहरुको मनको भावना र सपना पूरा गर्छु । नजिते पनि तपाईको छोरी बुहारीको लागि एउटा बलको काम अर्थात् प्रोत्साहको माध्यम हुन्छु म ।