TodayPati

धनुषा ३ : को हुन् अनिल झा ? (भिडियो)

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २७ गते ।

नेपाली राजनीतिक वृत्तको एक चर्चित नाम हो अनिलकुमार झा । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल यतिबेला पाँचदलीय गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार हुन् । मधेश र मधेशीको मुद्दालाई केन्द्रबिन्दु बनाएर राजनीतिमा उदाएका अनिलको पैतृक गाउँ रौतहटको मत्सरी हो । बुबा प्रेमनारायण झा र आमा आनन्दी देवीका छोरा ५४ वर्षीय झा विद्यार्थीकालदेखि नै सामाजिक कार्यमा सरिक हुन्थे ।

२०४१ सालामा एसएलसी गरेका उनी बी.एस.सी. सम्मको उच्च शिक्षा हासिल गरेका छन् । सामाजिक कार्यमा सरिक हुँदै उच्च शिक्षा हासिल गरेका अनिलको २०५२ सालमा डा. डिम्पल झा संग विवाह भएको थियो । विवाहित जीवनसंगै राजनीतिमा दुबैजना सक्रियतापूर्वक लागि रहे । फड्को मारिरहे । फलस्वरुप डिम्पल झा संघीय संरचनाको पहिलो मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भइन् । तर, क्यान्सर रोगबाट पीडित डिम्पलको केहि महिना पूर्व निधन भयो । मधेश आन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मधेशको नामाकरणसहितको प्रसंगमा डिम्पलको पनि योगदान थियो ।

Sponsored


स्वर्गीय नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा लागेका अनिल वि.सं. २०५६ मा सद्भावना पार्टीको सहमहासचिव बने । उनी क्रमशःनेपाल सद्भावना पार्टी, संघीय सद्भावना पार्टीको अध्यक्ष, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य हुँदै अहिले लोसपाका कार्यकारणी सदस्य छन् । मधेशमा २०७२ को मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । संविधान सभा सदस्यको हैसियतले संविधान लेखन कार्यमा पनि सरिक भएका थिए अनिल ।


उनी क्रमशः नेपाल आयल निगमको कार्यकारी निर्देशक, उद्योगमन्त्री, संविधानसभा सदस्य भए । २०७४ को निर्वाचनमा अनिल रौतहट क्षेत्र नं. १ बाट प्रतितिनधिसभा सदस्यमा निर्वाचित भएका थिए । आफ्नो क्षेत्रको सबै वडामा स्वस्थजीवनको लागि खानेपानी योजना लागू, किसानको सिंचाइको लागि खेत खेतमा डीप ट्यूबेल, गजेन्द्रनारायण सिंह मेमोरियल अस्पताल स्थापना, सडक संजालको विस्तार, महत्वपूर्ण पुलहरु निर्माण लगायतबको विकास गरेको उनको भनाइ छ ।


गजेन्द्र नारायण सिंह मेमोरियल फाउण्डेशन, डिम्पल अनिल फाउण्डेशनके संस्थापकतथाएक दर्जन सँ बेसी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा अनिल आपद्ध छन् । उनी १७ वटा देशको भ्रमण गरिसकेका छन् । पाँच दलीय गठबन्धनबाट रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बनेपछि धनुषा ३ उनको रोजाइमा पर्यो । उनी यहाँ सत्ता गठबन्धनका उम्मेबार हुन् । जनकपुरधाम राजनितिक परिर्वतनको उ्दगमस्थल रहेकोले अनिल आफूलाई सेवा गर्ने अवसर प्राप्त भएको उनको भनाइ छ ।

Sponsored

लोसपा अन्तिम समयसम्म नेकपा एमालेसंग चुनावी तालमेल गर्ने तयारीमा थियो । तर जनता समाजवादी पार्टी (जसपा) एकाएक एमालेसंग चुनावी तालमेल गर्ने सम्झौता गरेपछि नेपाली कांग्रेसले लोसपालाई सत्तारुढ गठबन्धनमा ल्याएको थियो । एमालेसंग चुनावी तालमेल गर्न नसक्नुको कारण मध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ पनि एक थियो । हुनत यस क्षेत्रका लागि सत्तारुढ गठबन्धनमा समेत लामै छलफल चलेको थियो । तर रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकिकृत समाजववादी पार्टीका अध्यक्ष माधवकुमार नेपालालई गठबन्धनबाट उठाइएपछि धनुषा ३बाट लोसपाका अनिललाई उठाइयो ।

उनी २०७४को निर्वाचनमा रौतहट १बाट निर्वाचित भएका थिए । रौतहट १का निवर्तमान सांसद रहेका अनिललाई धनुषा ३ मा एमाले नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले टक्कर दिइरहेकी छन् । रौतहटबाट धनुषा आएर उम्मेदवारी दर्ता गराएकाझाका लागि जुलीलाई पराजित गर्न सहज हुने देखिदैन । यसका साथै धनुषा ३ का मतदाताको विश्वास जित्नु पनि उनकालागि चुनौती छ । यद्यपि मधेश आन्दोलनका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो योगदान रहेको झाले बताए । यसका साथै गठबन्धन मध्ये काँग्रेसको लागि यो आधार क्षेत्र हो । गठबन्धनको मत र काँग्रेस नेता निधिको भूमिका उनका लागि निर्णायक हुने चर्चा छ । गठबन्धनको साथ र ग्रास रुटबाट उठेको नेता आफू रहेकाले जनताले ठूलो मतान्तरले जितउने उनको भनाइ छ ।

लक्ष्य फिल्मसले निर्माण गरेको उनको भिडियो प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *