TodayPati

टर्कीको राजधानी इस्तानबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ जना घाइते

एजेन्सी-
जनकपुरधाम, कार्तिक २८ गते ।

टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको विस्फोटमा ८१ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतङ्कवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा “आतङ्कको गन्ध“ आएको बताए ।

Sponsored

न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *