गुगलको ‘प्रिमियर पार्टनर’ जनकपुरधाम स्थित इन्टरनेट मार्केट टुडेले मनायो ९ औं वार्षिकोत्सव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २६ गते ।
जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे प्रा.लि.ले सफलतापूर्वक नौ वर्ष पूरा गरेको छ । नौ वर्ष पूरा गरी १० वर्षमा प्रवेश गरेको अवसरमा इन्टरनेट मार्केट टुडेले धनुषाको ढल्केवरको एक होटेलमा वार्षिकोत्सव मनाएको छ ।
अमित झा फाउण्डर रहेको इन्टरनेट मार्केट टुडेले विश्वव्यापी रूपमा ग्राहकहरूलाई गुगल विज्ञापन व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।
विश्वव्यापी रूपमा ग्राहकहरूलाई परिणाममा आधारित डिजिटल मार्केटिङ सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ इन्टरनेट मार्केट टुडे सन् २०१३ मा सुरु भएको थियो ।
छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन् ।
इन्टरनेट मार्केट टुडेले गुगल पार्टनर २०२२ को उपाधिसमेत हात पारिसकेको छ ।
Sponsored