TodayPati

९ वर्षको छँदा फोटो खिचाउन सर्ट थिएन, ऊ अहिले छन् प्रतिनिधिसभाका उम्मेदवार !

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २६ गते ।

तस्बिरमा छरपस्ट देखिन्छ । ८/९ वर्षे एक फुच्चे केटो । खुट्टामा पुरानो चप्पल, कम्मर तल फुलपैन्ट । टाउकोमा गोलो टोपी, गालामा हात । तर झट्ट हेर्दा नमिलेको सर्ट । जसको बटन लगाएको छैन । भित्र पेट स्पष्टै देखिन्छ । युवक वा वयस्कले लगाउने सर्ट फुच्चे केटोले लगाउँदा कहाँ सुहाउँछ र ! त्यसमा पनि स्टुडियोमा आज  भन्दा  झण्डै दुई दशक अघि  गएर फोटो सखले खिचाउने चलन थियो ।

स्टुडियो कै भएपनि चिटिक्क लुगा लगाएर  फोटो खिचाउने चलन थियो र आज पनि छ । तर उनको हाइटको मान्छेले लगाउने लुगा स्टुडियोमा उपलब्ध  थिएन । आफूसँग लुगा पनि नहुँदा उनले बाध्य भएर स्टुडियोकै सर्ट लगाएर फोटो खिचाए। फोटो खिचाउने केटो अहिले धनुषा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार कृष्णाकुमार महतो हुन् । उनी हास्य कलाकारले परिचित छन् ।

Sponsored

उनले १८ वर्ष अघि रहरले एकजनाको साईकलमा चढेर ढल्केबरको एक स्टुडियोमा पुगेका थिए । स्टुडियोमा खिचेको तस्बिर सार्वजनिक गर्दै यसो लेखेका छन् ‘अफैले आफैलाई हेरि मुस्कुराउदैछु म । आफ्नो जिवनको पहिलो स्टुडियोमा खिचिएको फोटो । आफ्नो पहिलो मजदुरीको कमाई लिई फोटो खिचाउन ढल्केवर साथिको साईकलमा गएको थिएँ । फोटो खिचाउन मसङ्ग न लगाउने सर्ट थियो । न त टोपी , न त पाईन्ट नै थियो । फाटेको छोटो हाफ पाईन्ट र च्यातेको टि-सर्ट लगाएर फोटो खिच्ने पहिलो अनुभव को आभास गर्न मन प्रफुल्ल पारी  स्टुडियो पुगेको थिएँ। स्टुडियोबलाले फोटो खिच्न नमानेपछि एक छिन को लागि मन खिन्न भयो । पछि स्टुडियोकै लुगा लगाएर फोटो खिचाएँ । आज यो केटो धनुषा निर्वाचन क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार उम्मेदवारी दिएको छ, कैँची छापबाट ।’

धनुषाको बटेश्वर गाउँपालिका २ चित्रपुरका कृष्ण गरिब परिवारका हुन् । उनी १२ वर्ष छँदा बुबा असर्फी महतोको मृत्यु भयो । चार छोराछोरीमध्ये कृष्ण जेठा हुन् । आमासँगै ज्याला मजदुरीमा हिँडेर पनि उनले पढाइ अगाडि बढाउँदै लगे । भाइबहिनीलाई पनि पढाए । विद्यालयदेखि नै अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, वक्तृत्वकला, नाटकलगायतमा भाग लिएर थुप्रै पटक पुरस्कार जित्न सफल भए । उनले आर्थिक उपार्जनका लागि कलाकारिता रोजे र छोटो समयमा आफूलाई चिनाए ।

कृष्ण २०७४ को चुनावमा दुई महिनासम्म नेताहरूको प्रचार प्रसारमा सडक नाटक गर्दै हिँडेका थिए । त्यतिबेला नेताले गरेको वाचा पूरा नगरेको कृष्ण बताउँछन् । पछिल्ला चार वर्ष उनले नेता तथा जनप्रतिनिधिको कामलाई नजिकबाट नियाले ।

Sponsored

उनीहरुको कार्यशैलीबाट दिक्क भए । मधेशमा मुख्यमन्त्री र मन्त्री सहभागी कार्यक्रममा कृष्णले हास्यव्यंग्य शैलीमा उनीहरुको आलोचना गर्थे । पछि राजनीतिभित्रको विकृति सफा गर्न आफैं आउनुपर्छ भन्ने लागेको कृष्ण बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *