TodayPati

जनकपुरमा खसीको मासुमा बाख्राको मांसु मिसाएर विक्री वितरण हुने गरेको खुलासा

टुडपाटी-
जनकपुरधाम, कार्तिक २५ गते,

जनकपुरमा खसीको मासुसंगै वाख्राको मासु मिसाएर विक्रि वितरण हुने गरेको रहस्य खुलेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नेतृत्वमा अनुगमन गर्दा यस्तो रहस्य फेला परेको हो ।

खसीको मासु विक्रीवितरण गर्ने ठाउँमा बाख्राहरु पनि फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो । बाख्राको मासु विक्री गर्न पाईने कानूनी व्यवस्था छ । तर त्यसका लागि छुट्टै काउन्टर राख्नु पर्ने अस्पतालका पशुविकास अधिकृत डा. सुनिल कुमार यादवले जानकारी दिए ।

Sponsored

खास गरेर होटलहरुमा मासुको सप्लाई गर्दा खशीको मासुसंगै ब्राखाको मासु मिसाएर पठाउने गरेका छन् । होटलहरुमा खसीको मासुको नाउँमा बाख्राको मासु अधिक मात्रामा विक्रि वितरण हुने गरेकाले होटलमा मासु खानेहरु सतर्क रहनु पर्ने अवस्था रहेको छ ।

मासु जाँच ऐन २०५५ ले बाख्राको मासु विक्रिका लागि निषेश नगरेपनि यसको काउन्टर अलग रहनु पर्ने प्रावधान विपरित जनकपुरधामको वडा नं ७ मा रहेको माछा मासु बजारमा संगै राखेर विक्रि गर्ने उद्देश्य देखिएकाले अलग काउन्टर राख्नका लागि कडा निर्देशन दिइएको अनुगमन टोलीका प्रमुख डा. यादवले बताए ।

खास गरेर जनकपुरधाममा खसीको मांसु प्रति किशो १ हजारमा विक्रि वितरण भईरहेको छ भने बाख्राको मासु कममा विक्रि हुनुपर्नेमा सोही मूल्यमा विक्रि वितरण भईरहेको छ । तत्काल अन्यत्र काउन्टर राखेर विक्री गर्न निर्देशन दिइएको छ । त्यसो नगरेको पाइए कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *