मधेश प्रदेश : लाखौँको अवैध चिनी र मल बरामद
टुडेपाटी–
रौतहट, कार्तिक २४ गते ।
प्रहरीले रौतहटबाट लाखौं मूल्य बराबरको अवैध चिनी र भारतीय मलखाद बरामद गरेको छ ।
ईशनाथ नगरपालिका ४ सानोलतमरी गाउँको एउटा घरबाट जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाको संयुक्त टोलीले १५९ बोरा अबैध आयातित भारतीय चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गरेको हो ।
तस्करले अबैधरूपमा भित्र्याएर उक्त स्थानमा ठुलो परिमाणमा चिनी र मल भण्डारण गरिराखेको सूचनाको आधारमा प्रहरी टोलीले चिनी र मल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।
बरामद चिनी र मलको कुल ६ लाख ९८ हजार मुल्यांकनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
Sponsored