चितवनका २७ वर्षीय युवक कोरोना मुक्त, डिस्चार्जको तयारी
टुडेपाटी-
चितवन, वैशाख १३ गते ।
कोरोना संक्रमित चितवनका एक २७ वर्षीय युवक कोरोना भाइरस मुक्त भएका छन् । चितवनको
चितवनको राप्ती नगरपालिका ८ का २७ वर्यीय युवकको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । सूचना अधिकारी पौडेलका अनुासार ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत डिस्चार्ज गर्छौं, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन् । ,’
ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलको भनाइ छ ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा(छोराको र्यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।
नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थय लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन् ।
Sponsored