TodayPati

रमजान पर्वमा घरमै बसेर नमाज पढ्न प्रदेश २ सरकारको आग्रह

टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।

शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् ।

यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग र्पुयाउने कामना समेत उनले गरेका छन् ।

Sponsored

विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्माबलम्बीलाई घरमै नमाज पढ्न तथा भीडभाड नगर्न उनले जारी गरेको विज्ञप्ती उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *